वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन


 


काठमाडौँ, मंसिर २६

संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमानबारे छानविन गर्न एक उपसमिति बनाएको छ । आज बिहान बसेको बैठकले कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिमा सांसदहरु प्रेम आले र कृष्णलाल महर्जन (नेकपा), धर्मशिला चापागाइँ, प्रदीप यादव (फोरम), चन्दा चौधरी (राजपा), मिना सुब्बा (कांग्रेस) रहनुभएको छ ।

यो उपसमितिलाई आवस्यक छानविन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । उपसमितिले वाइडबडी खरिदको क्रममा समितिले वायु सेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सार्वजनिक खरिद कार्यालयले दिएको कागजपत्रमा अध्ययन गरी छानविनको कार्यक्षेत्र दिइएको छ।

निगमले असार १४ मा पहिलो वाइडबडी जहाज र साउन १० गते अर्को वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्र्याएको थियो। निगमले दुई वाइडबडी २४ अर्ब रुपैयाँमा खरिद गरेको बताउँदै आएको छ।

वाइडबडी किन्ने क्रममा सार्वजनिक खरिद प्रकिया मिचिएको र रकम अनियमितता भएको सरोकारवालाले बताएका छन्।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्