ग्वालीमा आगलागी हुँदा रु ३ लाखको क्षति


 


झापा, मंसिर २६

झापाको कमल गाँउपालिका – ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट निस्केको आगोले ग्वाली पूर्ण रुपमा नष्ट हुन पुगेको छ ।

चौपयासहित अन्नभण्डारण रहेको उक्त ग्वालीमा आगलागी हुदाँ त्यहाँ भण्डारण गरिएको धान र काठपात पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष पृथीपति राईले बताउनुभयो ।

विहानपँख बालबालिकाले आगो ताप्ने क्रममा काठको ग्वालीमा सल्केर आगलागी भएको हुन सक्ने प्रहरीको भनाई छ । आगोलाई दमक नगरपालिकाको बारुणयन्त्र र स्थानीयबासीको सहयोगबाट नियन्त्रणमा आएको थियो ।

आगलागीबाट खड्काको घरमा भने क्षति हुन पाएन् । आगलागीबाट खड्काको करिव ३ लाख बराबरको क्षति भएको अनुमान छ ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्