उर्लाबारी आएर के भने काँग्रेस नेता थापाले ? (फोटो फिचरसहित)


 


उर्लाबारी, मंसिर २५

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ डोर्याउन नसक्ने बताउनु भएको छ । नेपाली काँग्रेस उर्लाबारी नगर समितिले आज दुर्गापुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संकट र प्रधानमन्त्री केपी ओलीको क्षमता नभएका कारण देश समृद्धितर्फ नजाने बताउनुभयो ।

सरकार बनाउने लोपले एमाले र माओवादीबीच एकिकरण भएको आरोप लगाउँदै पूर्वस्थास्थ्य मन्त्री समेत रहनुभएका थापाले दुई पार्टीका नेताबीचको झगडा बिस्तारै आफैँ बढ्ने बताउनुभयो । बर्तमान प्रधानमन्त्री ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउँदै उहाँले बलियो सरकार भएपनि बरालिएको आरोप लगाउनुभयो ।

सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबको चार वर्ष पार्टी संगठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्नेगरी काँग्रेस अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । आमसभामा काँग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले कम्युनिष्ट पार्टी सर्वहारा वर्गको नभएको बताउनुभयो ।

अहिलेको कम्युनिष्ट पार्टी सर्वहारा वर्गको होईन फागोले भन्नुभयो – कम्युनिष्ट पार्टी साच्चै कम्युनिष्ट बन्यो भने म पनि कम्युनिष्ट पार्टीमा प्रबेश गर्न तयार छु । उहाँले कम्युनिष्ट पार्टीले देशको विकाश गर्न नसक्ने आरोप लगाउनुभयो । आमसभा नगर सभापति विरबल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्विर – सुमन घिमिरे

प्रकाशित मिति: २५ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्