इटहरी वडा नम्वर २ को कार्यालय भवन शिल्यान्यास


 


सुनसरी, मंसिर २३

इटहरी उपमहानगरपालिका वडा नम्वर २ को कार्यालय भवन शिल्यान्यास गरिएको छ । इटहरीका मेयर द्वारिकलाल चौधरीले भवनको शिल्यान्यास गर्नुभयो ।

तल्लो तलामा पाँच वटा कोठा र माथिल्लो तलामा सभाहल रहने गरिको भवन निर्माणको योजना रहेको वडा नम्वर २ का अध्यक्ष हर्क वहादुर मगरले वताउनुभयो । करिव ९७ लाख लागन अनुमान गरिएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

सुन्दरदेवी मन्दिर परिषरमा तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण थालिएको हो । इटहरीका आफनै वडाकार्यालय भवन नरहेका वडाहरुमा भवन निर्माणको सुरुवात वडा नम्वर २ वाट गरिएको वडाध्यक्ष मगरले वताउनुभयो ।

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्