शिविरमा आगलागी हुँदा डेढ लाखको क्षति


 


मोरङ, मंसिर २३

मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गएराती आगलागी भएको छ । आगलागीबाट शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नम्बर १४ बस्ने ४० बर्षीय टेकबहादुर राईले गर्दै आउनु भएको चिया तथा मिठाईको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट हुँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

राई परिवारले सोही पसलबाट हुने कमाईले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी दिनुभयो । आगो आधा घण्टापछि झापाको दमकबाट आएको वारुण यन्त्र, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्