करेन्ट लागेर बृद्धाको मृत्यु


 


उर्लाबारी, मंसिर २२

मोरङको सुन्दरहरैचा नगरपालिका–२ मा करेन्ट लागेर आज एक बृद्धाको मृत्यु भएको छ ।आफ्नै घरको बरण्डामा विजुलीको तारमा लुगा सुकाउने क्रममा ६२ वर्षिया गंगादेवी मेहतालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्