अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालनमा


 


झापा, मंसिर २२

झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गर्नुभयो ।

आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले अर्जुनधारा नगरमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा लुकेर रहेको कला प्रस्फुटमा सहयोग मिल्ने भन्दै एकाडेमी खुलेकोमा खुसी ब्यक्त गर्नुभयो । गाउँघरमा रहेको प्रतिभा उजार गर्ने उद्देश्यले ॐकार आर्ट एकाडेमी सञ्चालनमा ल्याइएको सञ्चालक चिरञ्जिवी अधिकारीले जानकारी दिनुभयो ।

‘सुरुमा १० लाख रुपैयाँको लागतमा आर्ट एकाडेमी सञ्चालनमा ल्याएका हौँ’, अधिकारीले भन्नुभयो, ‘पछि लगानी थप गर्दै बृहत रुपमा अघि बढाउँछौँ । हाल आर्ट एकाडेमी अर्जुधाराको तीन स्थानमा सञ्चालनमा ल्याइएको छ ।

अर्जुनधाराको कालिस्थानसँगै कप्तानबारी र लक्ष्मीपुरमा समेत आर्ट एकाडेमी सञ्चालनमा ल्याएको हो । आर्ट एकाडेमी गायन, नृत्य र अभियन सिकाइने छ । लोक सांस्कृतिक, जुम्बा, साल्सा लगायतका विधामा नृत्य सिकाइने सञ्चालक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्