दमक बजार प्रबेश माग अब एकतर्फी


 


झापा, मंसिर २२

झापा, दमक बजारको ट्राफिक व्यवस्थापन सहज बनाउनका लागी बजार प्रवेश मार्ग अव एकतर्फी बनाईने भएको छ । दमकको मुख्य चौंकबाट बजारतर्फ जाने सडकमा दैनिक ट्राफिक जाम हुन थालेपछि वजार क्षेत्र आवगमनलाई सहज बनाउन एकतर्फी बाटो बनाउन लागिएको हो ।

यसअघि दमक चौकदेखि वजार प्रवेशद्धार एकतर्फी आउजाउ गरिएपनि कार्यान्वयन प्रभावकारी हुन सकेको थिएन् । एकतर्फी सडक नहुदाँ वजार प्रवेशमा ट्राफिक समस्या बन्दै आएको छ ।

ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार वजार प्रवेश गर्ने सडकहरुमा सवारीको चाप धेरै भएकाले ट्राफिक व्यवस्थापन सहज बनाउन एकतर्फी बनाउन लागिएको छ । हाललाई जेसीज चौकहुदै उत्तर शंखधर साख्वा चौक सडकलाई एकतर्फी बनाईएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्