समाजसेवी कृष्ण कार्कीले बाढीबाट विस्थापितको घर बनाइदिने


 


उर्लाबारी, मंसिर १९

इच्छा शक्ति भएमा विदेशमा बसेर पनि स्वदेशमा समाजिक सेवामा समर्पित हुन सकिन्छ भन्ने उदाहरण दिएका छन्, मोरङको रतुवामाई नगरपालिका – ९ इटहराका कृष्णकुमार कार्की ।

हाल जापानमा कार्यरत कार्कीले गएको वर्ष बाढीबाट पीडित मोरङ रतुवामाई नगरपालिका–३ महादेवा वर्ती टोलका १० घरपरिवारलाई नयाँ घर बनाएर सहयोग गर्न लाग्नुभएको छ ।

बाढीबाट सो टोलका २३ घरपरिवार विस्थापित भएका थिए । तीेमध्ये अतिगरिब, विपन्न र अशक्त १० घरपरिवारलाई नयाँ घर बनाएर आफ्नो जन्मदिन मनाउने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा समाजसेवी कार्कीले सो जानकारी दिनुभएको हो ।

बाढीबाट विस्थापित भएका अतिगरिब, विपन्न तथा अशक्तहरुको घर निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको र ती जग्गामा समाजसेवी कार्कीले रु २० लाखको निजी खर्चमा घर बनाउने भएको छ ।

पुसको २० गतेभित्रमा निर्माण सम्पन्न गरी उनीहरुलाई घर हस्तान्तरण गर्ने योजना रहेको  घर निर्माण समितिका संयोजक चित्रकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीले यसअघि इटहराको जनता माध्यमिक बिद्यालयमा सो क्षेत्रका जेष्ठ नागरिकलाई नगदसहित सम्मान् गर्नुका साथै बिद्यालयका जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुभएको थियो ।

 

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्