गोली लागेर प्रशिक्षक घाइते


 


विराटनगर, मंसिर १८

प्रशिक्षणको दौरानमा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

आज दिउँसो करीब १२ बजे भएको सो घटनामा प्रशिक्षक यादवले पेस्तोल सफा गर्ने क्रममा गोली पडकिँदा निजको देब्रे हातमा गोली लागेको प्रहरीले जनाएको छ ।

जवान यादवको उपचारका लागि आजै काठमाण्डौँतर्फ लगेको प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेको भनाइ छ । रासस

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्