ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच


 


ताप्लेजुङ, मंसिर १८

पहाडी जिल्ला ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भौगोलिक रुपले केही विकट मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लामा यातायातको पहुँच सहज भएको हो ।

सदरमुकाम फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदी हुँदै सडक जोडिएसँगै जिल्लाका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको हो । तमोरमा १२ वटा ह्युम पाइप राखेर सडक सञ्जाल जोडिएसँगै मिक्वाखोलाका स्थानीय उत्साहित भएका छन् ।

बजारसम्म आवतजावत गर्न, बिरामी हुँदा अस्पताल पुग्न र उत्पादनलाई बजारसम्म पुर्याउन सहज हुने स्थानीयको भनाइ छ । मिक्वाखोलाको वडा नं. १, २ र ३ सम्म सडक विस्तार भएको छ । तमोर नदीमा ह्युम पाइप राखिएको स्थानमा सानिमा हाइड्रोपावरले मोटरेबल पुल निर्माण गरिरहेको छ । पुल निर्माणको काम दुई महिनाभित्रै सकिने बताइएको छ ।

प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्