पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मूल्यसूची


 


काठमाडौं, मंसिर १७

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो ।

हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मुल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ ।

समायोजन भएको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुने आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा कमी आएको र अमेरिकी डलर कमजोर भएकाले नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्