उर्लाबारीमा गोरखा भूतपुर्व सैनिकको भेला


 


उर्लाबारी, मंसिर १७

गोरखा भूतपुर्व सैनिक (गेसो)को पूर्वाञ्चल स्तरीय भेला आज मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । उर्लाबारी – ५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा भएको भेलामा गेसोका अध्यक्ष कृष्णकुमार राईको प्रमुख आतिथ्यता तथा सांसद् राजेन्द्र राईको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

पूर्व कर्णेल मानबहादुर राईको अध्यक्षतामा भएको भेलामा पत्रकार राजेश राईले गोरखा सैनिकहरुको इतिहास, योगदान र गोरखा सैनिकहरुको मागका विषयमा भईरहेको गतिविधिका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका बक्ताहरुले लामो समयदेखीको भूतपुर्व गोरखा सैनिकहरुको माग पुरा भएकाले अब त्यसको कार्यान्वयनका लागि सबैले दबाब दिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्