दमकमा प्रहरी जवानले झुण्डिएर आत्महत्या गरे


 


झापा, मंसिर १६

इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत एक जना प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान टेकराज पौडेल आज दमक–७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

पौडेल आज बिहान ६ः१० बजे ड्युटी सकेर डेरा गएका थिए । पौडेलले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्