प्रधानमन्त्री ओलीद्धारा भारतका पूर्वप्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता


 


काठमाण्डौँ, मंसिर १६

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ ।  हिजो साँझ सोल्टी क्राउन प्लाजामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा उहाँहरुबीच छलफल भएको छ ।

दुवै मुलुकलाई फाइदा हुनगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत उहाँहरुबीच कुराकानी भएको सल्लाहकार डा. भट्टराईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १६ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्