नेबिसंघले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो


 


काठमाडौँ, मंसिर १५

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले १२ औं महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । संघले पठाएका प्रतिनिधिलाई ४ दिनभित्र आफ्नो क्षेत्रमा गएर काम थालनी गर्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिनुभएको छ ।

नेविसंघले १२ औं महाधिवेशन आगामी पुस २८,२९ र ३० गते महाधिवेशन गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जसअनुसार मंसिर २२ गते विद्यालय र सीटीईभिटीको अधिवेशन, मंसिर २५ गते गाउँ तथा नगर अधिवेशन ,पुस ८ गते उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयको अधिवेशन , पुस १४ गते ७७ जिल्ला अधिवेशन र पुस २० गते प्रदेश अधिवेशन गरिसक्नु पर्नेछ ।

नेविसंघले चार दिनभित्र कार्य क्षेत्रमा नपुग्ने प्रतिनिधिको ठाउँमा नयाँ पठाएर प्रक्रया अघि बढाउने पनि जनाएको छ ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्