विश्व एडस दिवसमा इटहरीमा पनि प्रभातफेरी


 


सुनसरी, मंसिर १५

विश्व एडस दिवसको अवसरमा सुनसरीको इटहरीमा आज पञ्चेवाजासहित प्रभातफेरी गरिएको छ । इटहरी उपमहानगरको आयोजनामा विभिन्न संघ सस्थाको सहभागितामा प्रभातफेरी गरिएको हो ।

प्रभातफेरी पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले एचआइभी संक्रमितलाई भेदभाव र दुब्र्यवहार होइन माया ममता प्रदान गर्नु पर्नेमा जोड दिनुभयो । उनीहरुलाई खुशी साँथ वाँच्ने अवस्था सृजना गर्न उहाँले आग्रह गर्नुभयो ।

इटहरी अस्पतालमा निशुल्क एचआइभी परीक्षण गरिनेभएकाले परीक्षण गरि आ आफनो अवस्था पहिचान गर्न इटहरी उपमहानगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अघिकृत रामचरण चौधरीले आग्रह गर्नुभयो । एचआइभी जाँच गरौ,आ आफनो अवस्था पहिचान गरौं भन्ने नाराका साथ आज विश्व एडस दिवस मनाइदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीको गतसालको तथ्याँक अनुसार सुनसरीमा १२सय र इटहरीमा ८५ जना संक्रमित छन ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्