उर्लाबारीका अग्नि पिडितलाई आर्थिक सहयोग


 


उर्लाबारी, मंसिर १५

उर्लाबारी उद्योग बाणिज्य संघले दुई साता अघि भएको आगलागीबाट पिडित तीन जना ब्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ ।
संघले राहत संकलन समितिको निर्माण गरी संकलित रकम आगलागी पिडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो ।

अधिकारीलाई रु तीन लाख २० हजार , अनु अनुसा किराना पसलकी संचालक अञ्जना कार्कीलाई रु एक लाख ३० हजार र भोजपुरे भाँडा पसलका संचालक गणेश बोहरालाई रु ४० हजार आर्थिक सहयोग गरिएको संघका अध्यक्ष पृतम खड्गीले जानकारी दिनुभयो ।

संघले अध्यक्ष खड्गीको संयोजकत्वमा राहात संकलन समिति गठन गरी नगरका होटल व्यवसायी, सुनचाँदी व्यवसायी, मैथिली समाज लगायत स्थानीय व्यवसायीहरुसँग रकम संकलन गरेर अग्नी पिडितलाई हस्तान्तरण गरेको हो । गत मंसिर ४ गते अधिकारीको घरबाट बिधुत चुहावट भई आगलागी भएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्