विराटनगरमा आगलागी हुँदा तीन लाखको क्षति


 


विराटनगर,मंसिर १५

विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब रु तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट भएको छ । पसलसँगै रहेको मोटर ग्यारेजको एउटा गाडीको आधा भाग जलेको छ । आगलागी कसरी भयो थाहा पाउन सकिएको छैन । विराटनगर बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्