काँग्रेस बैठकमा आजपनि बिधान मस्यौंदामाथि छलफल


 


काठमाण्डौँ, मंसिर १४

काँग्रेस केन्द्रीय समिति बैँठकमा प्रस्तावित विधान मस्यौंदामाथि आजपनि छलफल हुँदैछ । विधानमाथि छलफल गर्न काँग्रेसले बोलाएको केन्द्रीय समितिको हिजो पहिलो दिनको बैठकमा ५ जना केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको थियो ।

आज अन्य सदस्यहरुले आफ्नो धारणा राख्नुहुनेछ । विधान मस्यौंदा छलफलका लागि पार्टी कार्यलय सानेपामा हिजो बसेको पहिलो दिनको बैठकमा विधान संशोधन मस्यौंदा केन्द्रित रहेर केन्द्रीय सदस्यहरु डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आ–आफ्नो धारणा राख्नुभएको हो ।

बैँठक आज विहान ११ बजे पुनः बस्ने काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्