उर्लाबारीका पूर्ण वाईवा राप्रपाको प्रदेश सदस्यमा मनोनित


 


उर्लाबारी, मंसिर १३

उर्लाबारी – ७ निवासी समाजसेवी पूर्ण वाईवा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ को सदस्यमा मनोनित हुनुभएको छ ।  बुधबार बसेको राप्रपाको प्रदेश समितिको बैँठकले वाईवालाई प्रदेश सदस्यमा मनोनित गरेको हो ।

बिंसं. २०२८ सालदेखी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध वाईवा यस क्षेत्रको बिभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रहनु भएको छ । वाईवा प्रदेश नं. १ को सदस्यमा मनोनित भएकोमा राप्रपा उर्लाबारीले बधाई समेत ब्यक्त गरेको छ ।

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्