बोनम्यारो पिडित बालिकालाई आर्थिक सहयोग


 


झापा, मंसिर १३

झापाको दमक नगरपालिका – ८ की बोनम्यारो रोगी १५ बर्षिया स्यारोन लिम्बुलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५ सय रुपैया सहयोग गरेका छन् ।

विरामीको उपचारमा सहयोग पुर्याउन विद्यार्थीसहित विद्यालयले रकम संकलन गरि विरामीका बुबा विकास लिम्बुलाई सो सहयोग दिएका हुन् । आज विद्यालयमा एक कार्यक्रमका वीच उक्त सहयोग रकम स्कुलका क्याप्टेन प्रेरणा मगर र स्कुलकी अध्यक्ष इन्दिरा सुवेदी प्याकुरेलले पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

दमक–८ स्थित एभरेष्ट बोर्डिङ्ग स्कुल कक्षा ९ मा अध्ययनरत स्यारोन विगत पाँच वर्ष व्लड क्यान्सरसंगै बोनम्यारोको उपचाररत हुनुहुन्छ । स्कुलकी अध्यक्ष सेवुदीका अनुसार विद्यार्थीहरुले खाजा खर्च कटाएर विरामी परेकी आफना सहपाठीको उपचारमा थोरै भएपनि सहयोग पुरयाँउन एकैदिन रु २१ हजार रुपैया संकलन गरेका थिए । त्यसमा विद्यालयले थप रु ३१ हजार ५ सय रुपैया जुटाएर पीडित परिवारलाई हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १३ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्