न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्छ : खरेल


 


विराटनगर, मंसिर १२

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिनुभयो ।

महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारी सेवा सुविधा कम भयो भनेर गैरकानूनी काम गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रष्ट पार्नुभयो । महान्यायाधिवक्ता खरेलले सरकारले प्रदान गरेको सेवा सुविधाप्रति असन्तुष्टि भए माग गर्ने बाटो रहेको बताउँदै अनियमितता गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयो । रासस

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्