मोटरसाइकल चालकको मृत्यु


 


मोरङ, मंसिर १२

मोरङको पथरीशनिश्चरे नगरपालिका – १० स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मंगलबार साँझ मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका – १४ धाईजन बस्ने ३० वर्षिय पदम राजबंशीको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भिर घाईते भएका राजबंशीलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएपनि चालक फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्