उर्लाबारीका आगलागी पिडितलाई नेकपाको आर्थिक सहयोग


 


उर्लाबारी, मंसिर ११

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङको उर्लाबारी नगर कमिटीले यहाँका आगलागी पिडितलाई आज नगद सहयोग गरेको छ । उर्लाबारी – ७ का आगलागी पीडित ब्यापारी भक्तिराम अधिकारीको परिवारलाई नेकपाले आज रु ७० हजार सहयोग गरेको छ ।

अधिकारीको घर र होसलेस किराना पसलमा गत मंसिर ४ गते आगलागी भएको थियो । आगलागीबाट अधिकारीको रु एक करोड १५ लाख बराबरको क्षति भएको थियो । अधिकारीसँगै रहेको अनु किराना पसलमा पनि करिब रु २० लाखको क्षति भएको थियो ।

सो पसलका सञ्चालक अशोक कार्कीलाई रु ३४ हजार सहयोग गरेको पार्टीका नगर अध्यक्ष अग्नी भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्