संघीयताले सग्लो रुप लिन सकेन : उपप्रधानमन्त्री पोखरेल


 


मोरङ, मंसिर ११

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले संघीयताले सग्लो रुप लिन नसकेको बताउनु भएको छ । बनाउनु पर्ने निति नियम र कानुनको अभावका कारण संबिधानको ब्यवस्थालाई कार्यान्वयनमा समस्या भएको बताउनु भएको हो ।

कानुन नबन्दा संविधानको सुन्दर पक्ष समेत ओझेलमा परेको स्मरण गर्दै पोखरेलले संविधानको सग्लो आकारमा देख्न नसकिएकोमा दुःख ब्यक्त गर्नुभयो ।

२०७२ साल असोजमा बनेको संबिधान कार्यान्वयनको लागि ३ बर्ष भित्र सबै कानुनहरु बनाईसक्नु पर्ने भन्ने स्पष्ट ब्यवस्था हुँदा हुँदैपनि बिचमा सरकार संचालन गर्दै आएका दलहरुले चासो नदिँदा अहिलेको सरकारले बल्ल ऐन बनाउने काम पुरा गरेकोले अब त्यसलाई गति दिन सहज भएको बताउनुभयो ।

विराटनगरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको महिला हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा लैगिक हिंसा अन्त्यको लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला हिंसा न्युनिकरणको अभियान मात्र चलाएर भन्दा पनि त्यो ब्यवहारमा कति कार्यान्वयन भएको छ भन्ने बिषय महत्वपुर्ण भएको बताउनुभयो ।

उहाँले अहिले महिला हिंसा न्युनिकरणको लागि एक कार्यालय र अर्काे कार्यालय बिचमा समन्वयनको लागि काम गर्ने बताउनुभयो । यस्तै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा महिला हिंसा रोक्नको लागि कानुन निर्माण गरेर कार्यान्वयनमा लागिएको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले शुन्य सहनशिलताको शिद्धान्त अबलम्बन गर्दै अघि बढेको राईले सुनाउनुभयो ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा घरेलु हिंसा न्युनिकरण सम्बन्धि कानुन बनिसकेकोले कानुनले मात्र हिंसा न्युनिकरण नहुने बताउनुभयो । उहाँले पछिल्लो अबस्थामा खानपिन, आहार बिहार, श्रब्यदृश्य सामाग्री हिंसाको कारकको रुपमा रहेको बताउनुभयो ।

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्