पत्रकार महासंघ मोरङलाई दुई लाख सहयोग


 


मोरङ, मंसिर ११

मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित आरती स्ट्रिप प्रा.लि.ले नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवन व्यवस्थित गर्न आज रु दुई लाख आर्थिक सहयोग गरेको छ ।

पत्रकार महासंघको थप पूर्वाधार निर्माणका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव शर्माले महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेललाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो ।

महासंघको भवनलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणको काम सुरु गरिएकाले त्यसका लागि सबैलाई सहयोग गर्न आग्रह गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्