पथरीशनिश्चरे साझेदारी वन समूहको साधारणसभा


 


उर्लाबारी, मंसिर ११

पथरीशनिश्चरे साझेदारी वन समूहको तेस्रो बार्षिक साधारणसभा आज उर्लाबारीमा सम्पन्न भएको छ ।  उर्लाबारी–३ स्थित रिमझिम होटलमा भएको साधारणसभामा उद्योग पर्यटन मन्त्रालय प्रदेश नं. १ का सचिब बद्रीनाथ ढुंगानाको प्रमुख आतिथ्यता तथा समुहका संयोजक प्रकाश पौडेलको अध्यक्षता रहेको थियो ।

प्रमुख अतिथी ढुंगानाले वन राष्ट्रिय सम्पत्ती भएकाले यसमा सबैँको पहुँच पुग्नुपर्नेमा जोड दिनुभयो । वनलाई स्थानीय तहमा मात्र सिमित गरिँदा नागरिकको अधिकार बञ्चित हुने हुँदा प्रदेश सरकार राखिएको बताउनुभयो ।

बैज्ञानिक वनका नाममा रुख मात्र काट्ने गर्न नहुँने बताउँदै बृक्षरोपण पनि गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, चिसाङ–बेलवारी साझेदारी वन समुहका संयोजक योगेन्द्र गुरुङ लगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा पत्रकार मोहन भट्टराईसहित समूहमा आबद्ध रही जनप्रतिनिधिमा निर्वाचितहरुलाई सम्मान गरिएको थियो । समुहमा मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका,पथरीशनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाका ५१ हजार ३३३ घरधुरी समावेश रहेका छन् ।

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्