च्याउ सेवनका कारण एक बालिकाको मृत्यु


 


ओखलढुंगा, मंसिर ११

ओखलढुंगामा बिषाक्त च्याउ सेवनका कारण एक बालिकाको मृत्यु भएको छ । अन्य चार जना बिरामी परेका छन् । जिल्लाको खिजिदेम्बा गाउँपलिका ८ सुर्केकाप्तिका ग्यालु शेर्पाको चार वर्षीया छोरी निमायाङजी शेर्पाको बिशाक्त च्याउ सेवनका कारण ज्यान गएको हो ।

हिजो बेलुका सुकाएर राखेको च्याउ पोलेर खाने क्रममा शेर्पा परिवारका सबैजना बिरामी परेका थिए । बिरामी मध्ये छोरीको बेलुकी नै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुुंगाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले बताउनुभयो ।

च्याउ सेवनका कारण अन्य २८ वर्षीय ग्यालु शेर्पा, उनका श्रीमती ३० वर्षीया लकी शेर्पा, छोरा ७ वर्षीय पासाङ शेर्पा र दाजुको छोरी पर्ने ७ वर्षीय पशी शेर्पा बिरामी परेका छन् । बिरामी पर्ने मध्ये घरधनी ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको छ । त्यस्तै अन्यको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

घाइतेहरुको बेलुका घरायसी उपचारपछि थप उपचारका लागि आज बिहान सदरमुकाम स्थित सामुदायिक अस्पताल मिसनमा ल्याइएको छ । शेर्पा परिवारले खाने च्याउ भनि बिशाक्त च्यउ खाएको स्थानीयले बताएका छन् । उनिहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्