नेकपा सचिवालय बैँठक आज बस्दै


 


काठमाडौँ, मंसिर ११

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले आज बस्ने गरि सारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत विषयमा छलफल गर्ने कार्यसूचीमा रहेको छ ।

पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

प्रकाशित मिति: ११ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्