सरकारप्रति काँग्रेस महामन्त्री कोइरालाको यस्तो आरोप


 


झापा, मंसिर १०

नेपाली कांग्रेसका महामन्त्री डा. शंसाक कोइरालाले वर्तमान सरकार दुई तिहाइको दम्भले अराजक भएको आरोप लगाउनु भएको छ । सरकारको चौतर्फी अराजक शैलीले गर्दा देशमा दण्डहिनता बढ्ेको उहाँको जिकीर छ ।

दमकमा आज साँझ पत्रकारहरुसंग कुराकानी गर्दे उनले वर्तमान सरकारको नौ महिने अवधिबाट जनतामा आशा भन्दा निराश हुनुपरेको बताउनुभयो । दुई तिहाईको जनमतबाट बनेको सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको उहाँको आरोप थियो ।

सुनकाण्ड , निर्मला पन्तको बलात्कार पछिको हत्या ,वाईड बडि बिमान खरिद प्रकरणमा सरकार नालायक भएको उहाँले आरोप लगाउनुभयो । बर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा अघि बढे् कांग्रेसले साथ र सहयोग दिने भन्दै महामन्त्री कोइरालाले भन्नुभयो , ‘कम्यूनिष्ट सरकारको दम्भले जनताको अपेक्षा पूरा होलान भन्ने आश गर्न सकिने आधारहरु देखिन्न् ।’ सरकारलाई जनादेश अनुसार अगाडी बढ्नका लागि कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गरिआएको उहाँले स्पष्ट पर्नुभयो ।

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्