झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


 


झापा, मंसिर १०

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा आज दिउँसो मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका–७ बस्ने ६५ वर्षिया देवी लिम्बु र पछाडी सवार झापा भद्रपुर नगरपालिका–१ बस्ने ६५ वर्षिय आइन्द्र लिम्बु घाइते भएका थिए ।

बिहान ११ः५० बजेको समयमा भएको दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार आईन्द्र लिम्बुको दिउँसो सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्