पत्रकार जगन्नाथ भट्टराई सम्मानित


 


उर्लाबारी,  मंसिर १०

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीले आज २३ औँ स्थापना दिवसका अवसरमा रक्तदान तथा संम्मान कार्यक्रम गरेको छ ।

सो संस्थाका उपाध्यक्ष इन्दिरा राईको अध्यक्षता मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुशल लिम्बुको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ५१ जना जेष्ठ शेयर सदस्य तथा सहकारीको उत्कृष्ट समाचार प्रकाशन गर्ने पूर्वज्योति साप्ताहिकका सम्पादक जगन्नाथ भट्टराईलाई सम्मान–पत्रद्धारा सम्मान गरिएको थियो ।

यसैगरी संस्थामा शेयर सदस्य बृद्धिमा सहयोग पुर्याउने राजेन्द्र कार्की र बलराम दाहाललाई प्रशंशा–पत्र र सामाजिक कार्यमा उत्कृष्ट कार्य संम्पादन गरेकोमा नेपाल रेडक्रस सोसाईटी उर्लाबारीलाई कदर–पत्रले संम्मान गरिएको सचिब रामप्रसाद बुढाथोकीले बताउनुभयो ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेको तथा उर्लाबारीका अग्नीपिडीत भक्तीराम अधिकारीलाई १५ हजार आर्थिक सहयोग गरेको संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मुक्तीनाथ दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्सुदेवी गुरुङ, समाजसेवी जयधर्म आचार्य, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, सूर्य साकोस उर्लाबारीका अध्यक्ष तेजनाथ घिमिरे, नेपाल रेडक्रस सोसाईटी उर्लाबारीका सभापति मदनबाबु प्रसाई, संस्थाका कार्यसमिति सदस्य मनोरथ भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

२३ बर्ष अघि स्थापित सो संस्थामा पूर्वी मोरङका ५ हजार शेयर सदस्य आवद्ध रहेका व्यवस्थापक चक्रबहादुर खडकाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १० मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्