म भगवती भण्डारी
कविता राई
सलाम सरकार !
म भगवती भण्डारी
१०१ वर्ष
यो मुलुकको जेठो अनि जिउॅदो
अलिखित इतिहास
शताव्दी पुरुषभन्दा जेठो
राष्ट्रकविभन्दा पनि जेठो
आज कृतज्ञ छु तिमीसंग
किनकि
मैले राष्ट्रिय परिचयपत्र पाएकी छु ।
मलाई कम्प्युटरको डिभाइस देखि
राज्य संयन्त्रका सबै निकायले चिन्नेछन्
चिन्नेछन् अनि आम नेपालीले
हजारौं पटक घोक्नेछन्
सरकारी जागिरका प्रतियोगीले
अझै खुशी यो मानेमा छु
चिन्नेछन् मलाई
मेरा स्वर्गीय मातापिताहरूले
वाजे वोजुहरूले
अनि चिन्नेछन् उसैगरी
जिजु वराजुहरूले
स्वर्ग जान सजिलो भएको छ सरकार !
त्यसर्थ धन्य भएकी छु ।।
साक्षर नेपालको
निरक्षर प्रौढ म
जान्दिन केही ।
सोधिरहेछु तिमीलाई
मेरो यो बुढ्यौलीको विरह
लेखिएको छ कि छैन त्यहॉ रु जीवनभरी भोगेका दुखःका कथाहरू
लेखिएको छ कि छैन त्यहॉ रु
पटुकाले मेटेका भोक अनि
नाङ्गो आङ्का सुस्कराहरू
अपमान र हिंसाका चित्कारहरू
लेखिएको छ कि छैन त्यहॉ ?
सोधिरहेछु फेरि
यौवन भरि पुराहुन नसकेका
मेरा लक्ष्य र आकांक्षाहरू
गुन्यूको फेरले पुछेका
आॅशुको वेदनाहरू
लेखिएका छन् कि छैनन् त्यहॉ ?
लामो जीवनको ठूलो उपलब्धी
चौबन्धी भन्दा भित्र
सुकेको छातिमा टॉसेर राखेकी छु
कि
देहान्त पश्चात संगै लिएर जाउॅ ।।।
पॉचधारे, भोजपुर ।
प्रकाशित मिति: ९ मंसिर २०७५, आइतबार