प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या


 


जितपुर, कपिलवस्तु, मङ्सिर ८
गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी ९राजाबाबु० को गोली प्रहार गरी हत्या गरिएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो ।

गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो ।

गोली प्रहार भएको स्थानमा गोलीका तीन/चार खोका भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक झगडाका कारण तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानी फरार भएको हुनसक्ने अनुमान गरिएको र खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्