उर्लाबारीमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण हुने


 


उर्लाबारी, मंसिर ५

उर्लाबारीमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणका लागि आज भएको सरोकारवालाको भेलाले स्थानीय समाजसेवी पुर्ण वाईवाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ ।

भेलाले समितिको सचिवमा मदनबाबु प्रसाई, कोषाध्यक्षमा रुपा श्रेष्ठ तथा सदस्यहरुमा राजेन्द्र कार्की, सर्वजित भण्डारी, अग्नि भण्डारी, बमबहादुर श्रेष्ठ, राजेन्द्र शाक्य, हेमा राई, निलम कोईराला र सम्झना खतिवडा रहनुभएको छ ।

उर्लाबारी ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुलीको अध्यक्षतामा भएको भेलाले ४ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ । समितिको संयोजकमा रोहित थापा, सदस्यमा नेत्रप्रसाद घिमिरे, अमृता राई र इन्दिरा ढुंगाना रहनुभएको छ ।

भेलाले सल्लाहकारमा ललित अधिकारी, महेन्द्रसिं निरौला, महेन्द्रजंग तामाङ , विजय कार्की र प्रितम खड्गीलाई चयन गरेको छ । उर्लाबारीको मुख्य चौकमा वाचनालयसहितको सार्वजनिक शौचालयन निर्माण गरिने भएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्