सुनसरीमा गोली हानेर एक जनाको हत्या


 


विराटनगर, मंसिर ५
सुनसरीमा गोली प्रहार गरेर एक जनाको हत्या भएको छ । गोली प्रहारबाट इटा उघोगका सुपरभाईजर फिदा हुसेनको मृत्यु भएको छ । उनको उपचारको लागी नोबेलअस्पताल बिराटनगर लादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

हुसेनलाई दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी बाईकमा आएका दुई जनाको समुहले गोली प्रहार गरेका थिए ।

हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव सुनसरी क्षेत्र नं. ३ का सभापति मेहेदी हुसेनका भाई हुन । उनि बिहान मर्निङ वाक गरिरहेको अवस्थामा बिहान ६ ३० को समयमा गोली प्रहार भएको हो ।

घटनाको जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान शुरु गरेको छ । गोली प्रहार गर्ने समुहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ३ वटा गोलीका खोका बरामद गरिएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्