उर्लाबारीमा आगलागी, एक करोड बढीको क्षती


 


उर्लाबारी, मंसिर ४

मोरङको उर्लाबारी नगरपालिका ७ – स्थित भक्तिराम अधिकारीको घरमा आज दिउँसो आगलागी हुँदा रु एक करोड ११ लाख क्षति भएको छ ।

दिउसो १ : ३० बजेतिर आगलागी हु“दा अधिकारीको काठले बनेको दुई तले घर र किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुुँदा सो मुल्य बराबरको क्षति भएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक प्रकास पराजुलीका अनुसार आगो लाग्नुको कारण खुल्न सकेको छैन । किराना पसलमा रु ७० लाख बढीको लगानी रहेको र घर समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पीडित अधिकारीले बताउनुभयो ।

आगोले छिमेकी अर्जुन न्यौपानेको घरमा पनि क्षति पुगेको छ । उहाँको रु १ लाख बराबरको क्षति भएको छ । घरमा रहेको ग्यास सिलिण्डर पड्किदा आगो नियन्त्रणमा लिन नसक्दा अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट भएको हो । आगो दमक, बिर्तामोड, गौरादह, सुन्दरहरैचा र इटहरीबाट आएका दमकल र स्थानीयबासीको प्रयासमा करीब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । उर्लाबारी नगरपालिकामा दमकल नहुँदा आगोलाई समयमै नियन्त्रणमा लिन समस्या परेको स्थानीयबासीले बताएका छन् ।

 

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्