जेटबोट सञ्चालनमा आएपछि अन्तरिक पर्यटक बढ्दै


 


उदयपुर, मंसिर ४

सप्तकोसीमा जेटबोट सञ्चालनमा आएपछि अन्तरिक पर्यटक बढ्दै गएका छन् । जेटबोट सञ्चालनसँगै आन्तरिक र बाह्य पर्यटकको संख्या बढेका छन् ।

प्रदेश १ कै धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रमध्ये बराहक्षेत्र पनि एक हो । त्यही बराहा क्षेत्र जाने धार्मिक पर्यटक जेटबोट सञ्चालनमा आएपछि बढेको बेलका नगरपालिका–७ का अध्यक्ष सुरेन्द्र राईले बताउनुभयो । मैनामैनी, कोसीटप्पु वन्यजन्तु आरक्ष, बराहा क्षेत्रलगायतका स्थानमा वनभोजदेखि घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको हो ।

रमाइला दृश्यहरुको अवलोकनका साथै जलयात्राको अनुभव गर्ने उद्देश्यले आउने पर्यटकहरु बढ्दै गएको नेपाल कम्युनिष्ट पार्टी नेकपा बेलका नगर समितिका नेता रमण भट्टराईले बताउनुभयो । ‘आन्तरिक र बाह्य पर्यटकको संख्या बढेको छ,’ उहाँले भन्नुभयो, ‘पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय महोत्सवको समेत आयोजना भइरहेको छ ।’ अहिले दैनिक करिब एक हजारको संख्यामा पर्यटक जेटबोबाट आवतजावत गर्दै आइरहेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्