धनकुटामा एक वर्षमा सात वटा बलात्कारका घटना


 


धनकुटा, मंसिर ३

धनकुटामा एक वर्षको अवधिमा सात वटा बलात्कारका घटना घटेका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ सन् २०१९ का लागि तयार पारिएको रिपोर्टमा सो विवरण उल्लेख गरिएको छ ।

७ मध्ये ६ ओटा बलात्कार र एउटा बलात्कारको प्रयास रहेका छन् । इन्सेकको प्रतिवेदनमा धनकुटामा ३६ ओटा मानवअधिकार उलंघनका घटनाहरु उल्लेख गरिएको छ ।

विवरणमा हत्याका एक, कुटपिटका तीन, घरेलु हिंसा १३ र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हनन्का दुईओटा मुख्य घटना समावेश गरिएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्