भोजपुर तीन बालबालिका हत्या प्रकरणः पिडितले न्याय पाउन सकेनन्


 


भोजपुर, मंसिर ३

भोजपुरको अरुण गाउँपालिका – ३ प्याउलीको मर्याङडाँडामा डेढ वर्षअघि तीन बालबालिका हत्या प्रकरणका दोषी अझै पक्राउ नपर्दा पिडित परिवारले न्याय पाउन सकेका छैनन् ।

हत्या गरिएका स्थानीय आठ वर्षीय प्रदीप फुयाँल, १४ वर्षीया सुष्मा फुयाँल र १५ वर्षीय रञ्जित सापकोटाका परिवारले डेढ वर्ष बित्दा पनि न्याय पाउन नसकेका हुन् । पीडितलाई सरकारले घटनाका दोषी पत्ता लगाउने र राहत दिने आश्वासन दिएपनि पीडित परिवारले आफूहरूलाई वेवास्ता गरिएको गुनासो गरेका हुन्।

छोराछोरीको रहस्यमय हत्या भएपछि सम्बन्धित निकायमा गई पटक पटक न्याय खोज्दा पनि न्याय नपाएपछि पीडित परिवार गाउँबाट विस्थापित भएका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्