बाबुराजा ओझा काँग्रेसमा फर्किए


 


मोरङ, मंसिर २

२२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेर तत्कालिन नेकपा माओवादीमा जानुभएका बाबुराजा ओझा पुनः नेपाली कांग्रेसमा फर्किनुभएको छ ।
२०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा टिकट नपाएपछि उहाँ असन्तुष्टि जनाउदैं माओवादीमा प्रवेश गर्नुभएको थियो ।

सो बेला ओझालाई माओवादीले मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गराएको थियो । कांग्रेस छोडेको झण्डै पाँच वर्षपछि नेता ओझा आफ्नो पुरानै घर कांग्रेसमा फर्किनुभएको हो ।

ओझालाई जिपी कोइराला फाउन्डेशनले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले टिका लगाएर पार्टीमा प्रबेश गराउनुभयो । कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुनुहुन्छ ।

विराटनगरमा आयोजित कार्यक्रममा उहाँलाई कांग्रेसी नेताहरुले भब्य स्वागत गरेका छन् । ओझाले असन्तुष्टिका कारण माओवादीमा गएपनि आफ्नै घर प्यारो भन्दै त्यो भुललाई क्षमा गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २ मंसिर २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्