प्रहरी महानिरीक्षक खनाल दुबई प्रस्थान


 


काठमाण्डौँ, मंसिर १

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोल महासचिवालयको आयोजनामा युनाइटेड अरब इमिरेटसको दुबईमा आईतबारदेखि ५ गतेसम्म संचालन हुने इन्टरपोलको ८७औं महासभामा सहभागी हुन शुक्रवार राती दुबई प्रस्थान गर्नुभएको छ ।

महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ जानुभएको हो ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विदाई गर्नुभयो ।

१ सय ९२ देशका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशहरुको लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुनेलगायतका कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति: १ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्