भोजपुरमा आगलागी हुँदा रु १४ लाखको क्षति


 


भोजपुर, कार्तिक ३०

भोजपुरको भोजपुर नगरपलिका– ७ मा आज दिउँसो आगलागी हुँदा अन्दाजी १४ लाख मूल्य बराबरको क्षति भएको छ ।  करिब दिउँसो १२ बजे सोही स्थान बस्ने गोबिन्द सुन्दासको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले काठको घर नगद १ लाख ५० हजार, दश आना सुनको औठी लगायत लगायत घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

उक्त आगलागी दमकल, नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो १२ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्