विराटनगरको विकासबारे प्रदेश प्रमुखको चासो


 


विराटनगर, कात्तिक ३०

प्रदेश नं. १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ्ले विराटनगरमा भइरहेको विकास, निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
विराटनगर महानगरका प्रमुख भीमप्रसाद पराजुलीलाई बिहिवार प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरमा भइरहेका विकासका गतिविधिबारे जानकारी लिनुभएको हो ।

विराटनगर प्रदेश नं १ को अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुँदैछ भनेर उहाँले बुझ्न खोजेको महानगरका प्रमुख पराजुलीले जानकारी दिनुभयो । प्र

देश प्रमुखले आफूलाई विराटनगरलाई नमूना शहर बनाउन सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा प्रमुख पराजुलीले विराटनगर महानगरभित्र भ्यू टावर निर्माण, विराट राजाको दरबारको प्रवद्र्धन, ४०० किमी सडक कालोपत्र गर्ने काम, वैकल्पिक मार्गको विस्तारजस्ता विकास निर्माण कार्य अघि बढेको जानकारी गराउनुभएको थियो । रासस

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्