भोजपुरमा ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना


 


भोजपुर, कात्तिक २८

भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको छलफल कार्यक्रममार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा एक वर्षभित्र भोजपुरमा पाँच पुरुष, तीन महिला र एक बालिका गरी नौ जनाको हत्या भएको जनाइएको छ । त्यस्तै सात महिला र १२ बालिका गरी १९ जना बलात्कृत भएका छन् भने पाँच महिला र तीन बालिका बलात्कारको प्रयासबाट पीडित भएका छन् ।

त्यसैगरी घरेलु हिंसा १२, कुटपिट ३०, हत्या प्रयास चार, घरेलु हिंसा एक, बहुविवाह दुई र मानव बेचबिखनका एक वटा घटना गरी जिल्लाभर ८५ वटा घटना सङ्कलन गरेको इन्सेक भोजपुरका प्रतिनिधि गणेश विष्टले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले घटेका घटना र घट्न सक्ने घटनाको न्यूनीकरणका लागि सबैलै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्