मन्त्रीबाट हटाइएका सोडारी पार्टीबाट समेत निष्कासित


 


कैलाली, कात्तिक २८

पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ ।

सोडारीलाई हिजो साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रदेश कमिटीका एक पदाधिकारीले बताएका छन् । माओवादी केन्द्रसित पार्टी एकता हुनुअघि नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई पार्टीको सदस्य नरहने गरी निष्कासन गरिएपनि उहाँको प्रदेशसभा सदस्य पद भने यथावत रहनेछ ।

सोडारीलाई हिजै दिउँसो सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरी उहाँको स्थानमा अपराह्न ४ बजे कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्