उर्लाबारीमा प्रदेश सांसद् लिम्बुसहित ५० जनाले गरे रक्तदान


 


उर्लाबारी, कार्तिक २६

एच डट नेपालय फाउण्डेशन नेपाल उर्लाबारीको आयोजनामा आज उर्लाबारीमा खुल्ला रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाईटी उर्लाबारीको ब्लड बैकको प्राविधिक सहयोगमा भएको सो रक्तदानमा मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद् कुशल साम्बा लिम्बुसहित ५० जनाले रगत दान गरेको नेपालयका संरक्षक निरोज तिम्सिनाले जानकारी दिनुभयो ।

नेपालयका अध्यक्ष योगेश बस्नेतको अध्यक्षता तथा सांसद् लिम्बुको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संरक्षक तिम्सिनासहित उर्लाबारी नगरपालीकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना, राजनितीज्ञ अगुवाहरु मानबहादुर श्रेष्ठ, बिद्या चाम्लीङ, हाम्रो साकोसका अध्यक्ष डिबी थापा, समाजसेवी जयधर्म आचार्य लगायतका वक्ताहरुले फाउण्डेशनले रक्तदान जस्तो सामाजिक कार्यगरी मानविय सेवाको उत्कृष्ट कार्यगरेकामा धन्यवाद दिनुभएको छ ।

सो फाण्डेशनले आयोजनामा भएको ५० पिन्ट रगत उर्लाबारीको ब्लड बैकमा राखिएको र बिरामीको माग अनुसार वितरण गरीने ब्लड बैक उर्लाबारीले जनाएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्