मेची नदीमा पाँच हजार पूजास्थल


 


झापा, कात्तिक २६

पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा पाँच हजार पूजा स्थलसहित तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट सबै समुदायको समान सहभागिता हुने गरी पूजास्थल निर्माण भइरहेको हो ।

पछिल्ला वर्षमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयवासीले यस पर्वलाई समावेशी साझा पर्वका रूपमा मनाउने गरेको पाइएको छ । बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र बिहान उदाउँदो सूर्यको पूजा गरी भव्य रूपमा मनाइने यो पर्वमा नेपालको जनकपुरपछिको दोस्रो स्थानको पूजा मण्डप र जनसहभागिता रहने भद्रपुरस्थित मेची नदीमा पूजा व्यवस्थापनलाई मजबुद बनाइएको छ । रासस

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्