उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु


 


उदयपुर, कात्तिक २६

वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्याक्टर आईतबार साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन् ।

उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ ।

स१त ५८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको अहिले धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा ट्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताउनुभयो । दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्